
वाग्लुङ । बाग्लुङको बाङ्गेचौरदेखि पर्वतको पाङ जोड्ने गरी निर्माण भएको पुलमा यात्रुको भिडभाड बढेको छ ।
हिजोदेखि संचालनमा आएको पुलमा सयौँ संख्यामा यात्रुहरु पुलमा वारपार गर्दा कोरोना संक्रमणकोसमेत जोखिम बढेको छ ।
आवतजावत गर्ने यात्रुहरुको भीड बढ्दा पुल वारीपारी गर्न पालो पर्खनु पर्ने अवस्था छ ।
बागलुङ नगरपालिकाका सूचना अधिकारी युक्तप्रसाद सुवेदीले यसलाई चाँडै व्यवस्थापन गरीने बताउनुभयो ।
यात्रुहरुको समस्याले गर्दा तत्कालै सञ्चालनमा ल्याएको बताउनुभयो ।
उहाँले भीड बढेपछि सुरक्षा पोस्ट व्यवस्थापन गरेर मात्रै सञ्चालनमा ल्याइने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्