२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


क्यान्सर, मधुमेह, आईसीयू र आकस्मिक सेवाका बिरामीको पनि कोरोना परीक्षण गरिने


0
Shares

काठमाडौं, असार १९ । सरकारले कोरोना भाइरस (कोभिड १९) को परीक्षण दायरा बढाउने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले परीक्षणको दायरा बढाउन क्यान्सर, मधुमेह, सघन उपचार कक्ष (आईसीयू) र आकस्मिक सेवामा उपचारारत सवै बिरामीको पीसीआर परीक्षण गर्न थालिएको बताउनुभयो ।

यसअघि विदेशबाट आएका, क्यारेन्टिनमा बसेका सम्भावित सङ्क्रमित, सङ्क्रमित व्यक्तिको यात्रा हेरेरमात्र परीक्षण गर्ने गरेकामा अबदेखि क्यान्सर, मधुमेह, सघन उपचार कक्ष (आईसीयू) र आकस्मिक सेवामा उपचाररत सबै बिरामीको पीसीआर परीक्षण गरिन थालिएको हो ।

यसैगरी सबै स्वास्थ्यकर्मीको समेत कोभिड–१९ को पीसीआर परीक्षण गरिने उहाँले जानकारी दिनुभयो ।

अहिलेसम्म देशभरका २३ प्रयोगशालाबाट दुई लाख ४२ हजार २४७ जनाको हालसम्म पीसीआर परीक्षण भएको छ ।

विगत २४ घण्टामा चार हजार ४८३ जनाको कोभिड–१९ पीसीआर परीक्षण गरिएको छ ।

प्रवक्ता डा. गौतमले क्लिनिकल समन्वय समितिको निर्णयअनुसार अबदेखि सरकारीसँगै सामुदायिक र निजी अस्पतालमा पनि कोभिड–१९ को उपचार गरिने बताउनुभयो । रासस