
अछाम, असार १६ । अछाममा कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ ।
गत असार १४ गते जिल्लाको बयालपाटा अस्पतालमा मृत्यु भएका पुरुषको कोरोनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको जिल्ला अस्पताल अछामका सूचना अधिकारी देब जोशीले जानकारी दिनुभयो ।
रामारोशन गाउँपालिका ५ का ४५ वर्षीय एक पुरुष रहेको जनाइएको छ ।
भारतबाट आई क्वारेन्टाईनमा बसेका उनको आरडीटी नेगेटिभ देखिएको थियो ।
तर केही दिनअघि स्वास्थ्यमा समस्या आएपछि बयालपाटा अस्पताल पुर्याईएका उनको उपचारका क्रममा मृत्यु भएपछि स्वाव संकलन गरि धनगढी पठाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्