
ललितपुर । ललितपुरको सानेपास्थित स्टार अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ ।
रौतहटका वर्षीय ३० वर्षका पुरुषको शनिबार राति मृत्यु भएकोमा हिजो साँझ मात्रै पीसीआर रिपोर्ट पाप्त भएको हो ।
परीक्षणका क्रममा ती युवकको रिपोर्ट पोजेटिभ आएको ललितपुरका स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले जानकारी दिनुभयो ।
संक्रमितको उपचारमा संलग्न एक चिकित्सक, दुई स्टाफ नर्स र एक जना सहयोगीलाई क्वारेन्टिनमा राखिएको अस्पतालले जनाएको छ ।
बिरामीका चार जना आफन्तलाई समेत अस्पतालकै आइसोलेसनमा राखिएको छ ।
यद्यपी, ती युवाको मृत्युबारे स्वास्थ्य मन्त्रालयले आधिकारीक पुष्टि भने गर्न बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्