५ श्रावण २०८२, सोमबार | Mon Jul 21 2025


पर्वतमा संक्रमित स्वास्थकर्मीको परिवारका सदस्यमा पनि कोरोना पुष्टि


0
Shares

लक्ष्मीप्रसाद सापकोटा (इमेज)

पर्वत, असार १४ । पर्वत सदरमुकाम कुस्मामा एक निजी क्लिनिकमा कार्यरत् कोरोना संक्रमित स्वास्थ्यकर्मीका परिवारमा पनि संक्रमण पुष्टि भएको छ ।

कुस्मा नगरपालिका–५ का २२ वर्षीय युवकमा संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेश क्षयरोग केन्द्रको प्रयोगशाला पोखरामा गरिएको ‘पीसीआर’ परीक्षणमा ती युवकमा संक्रमण देखिएको हो ।

कुस्माको एक निजी मेडिकलमा सेवा दिँदै आएका चिकित्सकमा संक्रमण देखिएको थियो ।

‘कन्ट्याक्ट ट्रेसिङ’काक्रममा उनको परिवारका सदस्यहरुको स्वाब संकलन गर्दा एक सदस्यमा पनि संक्रमण पुष्टि भएको जनाइएको छ ।

संक्रमितलाई गुप्तेश्वर बहुमुखी क्याम्पसमा सञ्चालित कोरोना अस्थायी अस्पतालको ‘आइसोलेसन’मा लैजाने तयारी भइरहेको पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले जानकारी दिनुभयो ।

योसँगै पर्वतमा संक्रमितको संख्या ७२ पुगेको छ । १९ जना कोरोना संक्रमित निको भएर घर फर्किइसकेका छन् ।

पर्वतको अस्थायी कोरोना अस्पतालमा ५२ जना उपचाररत् रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको जनाइएको छ ।