६ श्रावण २०८२, मंगलबार | Tue Jul 22 2025


बागलुङमा समुदाय स्तरमै फैलियो कोरोना, तीन जनामा संक्रमण


0
Shares

डम्मर बुढा मगर,
बागलुङ । बागलुङमा समुदायस्तरमा कोरोना संक्रमण देखिएको छ । आइतबार जिल्लाको काठेखोला गाउँपालिकामा क्वारेन्टिन बाहिरका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अमर माविमा निर्माण गरेको क्वारेन्टिनमा काम गर्ने दुई जना र एक सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिका अध्यक्ष अमर थापाले जानकारी दिनुभयो ।

क्वारेन्टिनमा काम गर्ने एक महिला, एक पुरुष र सुरक्षाकर्मीमा समेत संक्रमण देखिएपछि कोरोना समुदायस्तरमै फैलिएको पुष्टि भएको हो । योसँगै जिल्लामा संक्रमणको जोखिम बढ्दै गएको छ ।