६ श्रावण २०८२, मंगलबार | Tue Jul 22 2025


पर्वतमा ‘डिसइन्फेक्सन’ गर्ने कर्मचारीमा पनि कोरोेना


0
Shares

लक्ष्मीप्रसाद सापकोटा (इमेज)

पर्वत, असार १३ । पर्वतमा सञ्चालित अस्थायी कोरोना अस्पताल र ‘क्वारेन्टिन’मा ‘डिसइन्फेक्सन’ छर्कने व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा शनिबार ती व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।

योसँगै पर्वतमा कोरोना संक्रमितको संख्या ७१ पुगेको छ ।

अस्पताल र क्वारेन्टिनहरुमा डिसइन्फेक्सन छर्कने ५३ वर्षीय पुरुष कुश्मा नगरपालिकाका हुन् ।

उनलाई ‘आइसोलेसन’मा लैजाने तयारी भएको पर्वत कोरोना अस्पतालका सदस्यसचिव डा. शिशिर देवकोटाले जानकारी दिनुभयो ।

आठजनाले कोरोना जिते
पर्वत कोरोना अस्थायी अस्पतालमा उपचार गराइरहेका आठजनाको ‘रिपोर्ट नेगेटिभ’ आएको छ । संक्रमितको रिपोर्ट नेगेटिभ आएपछि शनिबारै बिदाइ गरिने भएको छ ।

यसअघि, दुई चिकित्सकसहित पर्वतका ११ जना संक्रमित कोरोना निको भएर घर फर्किइसकेका छन् ।

‘आइसोलेसन’मा उपचार गराइरहेका अरु ११ जनाको भने दोस्रोपटकको रिपोर्ट पनि ‘पोजिटिभ’ देखिएका कारण उपचारमै रहने डा. देवकोटाले बताउनुभयो ।