२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


रिर्पाेट नआउँदै २१ जनालाई घर पठाउँदा कोरोना संक्रमणको जोखिम वढ्यो


0
Shares

राजेश जीसी/ईमेज
प्यूठान । प्यूठानमा भारतबाट फर्किएका नागरिकको पिसिआर रिर्पाेट नआउँदै २१ जनालाई घर पठाइएको छ ।

रिर्पोट आउन ढिला गरेको भन्दै घर पठाइएका उनीहरुमा सोमबार कोरोना संक्रमण पुष्टी भयो । यसरी घर पठाउँदा समुदायमा संक्रमण फैलिने जोखिम बढेको छ ।

प्यूठान नगरपालिका– ३ स्थित सरस्वती प्राथमिक विद्यालय सेपुङको क्वारेन्टिनमा बसेका २१ जनामा असार ८ गते कोरोना पुष्टी भयो । २७ दिनसम्म क्वारेन्टिनमा बसेका उनीहरुमा कुनै लक्षण नदेखिएको भन्दै घर पठाइएको थियो ।

पिसिआर परिक्षणका लागि उनीहरुको स्वाव पठाएपनि रिर्पाेट आउन ढिला भएको थियो । तर घर पुगेपछि उनीहरुमा कोरोना संक्रमण पुष्टी भयो । यसरी रिर्पाेट नआउँदै घर पठाउँदा समुदायमा कोरोना फैलिने जोखिम बढेको छ ।

१४ दिन क्वारेन्टिनमा बिताएकाहरु बाँकी ७ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ तर क्वारन्टिनबाट आरडिटी जाँच गर्दै घर गएकाहरु गाउँ घुम्ने र आफन्त तथा साथी भाइसँग भेटघाट गर्ने गरेका छन् ।

विश्वासिलो नमानिएको आरडिटी परीक्षणकै भरमा भाइरस सक्रमण छैन् भन्दै छाड्ने गरिएकाहरुले नै गाउँमा सक्रमण फैलाउने सम्भावना बढ्ेको छ ।

तर स्थानीय तहहरुले भने अझैपनि आरडिटी जाँचलाई प्राथमिकता दिन छाडेका छैनन । सरकारले १४ दिन क्वारन्टिनमा राखेपछि कुनै लक्षण नदेखिए घर पठाउने गरेको निणर्यले समुदायमा कोराना फैलिने जेखिम बढेको छ ।