५ श्रावण २०८२, सोमबार | Mon Jul 21 2025


नेपालमा कोरोनाका कारण थप एकजनाको मृत्यु, मृतकको संख्या २७ पुग्यो


0
Shares

काठमाडौं, असर १२ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङ्गमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले पछिल्लो २४ घण्टामा एक जना मृतक थपिएको बताउनुभयो ।

बिहीबार अन्दाजी ३० वर्षीया ठेगाना नखुलेकी महिलाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउँदा मृत्यु भएको र पीसीआर परीक्षणको नतिजा पोजेटिभ आएको उहाँले बताउनुभयो ।