१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


सिन्धुली अस्पतालको ‘आइसोलेसन’मा उपचाररत् युवतीको मृत्यु


0
Shares

सिन्धुली, असार १२ । सिन्धुली अस्पतालको ‘आइसोलेसन’मा उपचाररत् एक युवतीको शुक्रबार मृत्यु भएको छ ।

मृत्यु भएकी महिलामा कोभिड–१९ संक्रमणको लक्षण देखिएकाले उनको स्वाब परीक्षणका लागि प्रादेशिक अस्पताल हेटौंडा पठाइएको छ ।

महोत्तरीको बर्दिबास नगरपालिकाको पाटु घर भएकी २१ वर्षीया युवतीको उपचारकाक्रममा मृत्यु भएको हो ।

मृतकको सम्पर्कमा रहेकाहरुको पहिचान गरी शव व्यवस्थापनसमेत गरिएको छ ।

अत्यधिक ज्वरो र श्वास–प्रश्वासमा समस्या भएपछि ती महिला सिन्धुली अस्पतालको आइसोलेसनमा भर्ना भएकी थिइन् ।

सिन्धुली अस्पतालमा उनलाई आइसोलेसनमा राखेर उपचार गर्दैगर्दा मृत्यु भएको हो ।

तीनजनामा कोरोना संक्रमण
यसैबीच, भारतबाट आइ सिन्धुलीका विभिन्न ‘क्वारेन्टिन’मा बस्दै आएका तीनजना पुरुषमा कोरोना ‘पोजिटिभ’ देखिएको छ । योसँगै सिन्धुलीमा कोरोना संक्रमितको संख्या सात पुगेको जनाइएको छ ।