
दैलेख । दैलेखमा आत्महत्या गरेका एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएको छ । दुल्लु नगरपालिका गमौडीका २१ बर्षीय युवकमा कोरोना पुष्टि भएको हो । युवक गत जेठ ११ गते भारतको अहमदवाजबाट गाउँ आईपुगेको थिए ।
भारतबाट फर्किएका युवक गमौडीस्थित क्वारेन्टिमा बसेका थिए । क्वारेन्टिनमा बसेको १४ दिन पछि आरडीटी विधिबाट गरिएको परिक्षणमा नेगेटिभ आएपछि उन्लाई घर पठाईएको थियो । उन्ले क्वारेन्टिनबाट फर्किएको १६ दिनपछि झुण्डिएर आत्महत्या गरेका थिए ।
युवक असार ९ गते बेलुकी झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । उनको कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारीले जानकारी दिनुभयो ।
दैलेखको दुल्लु नगरपालिकामा मात्र मृत्यु भएका तीन जनामा कारोना पुष्टि भईसकेको छ ।
प्रतिक्रिया दिनुहोस्