
फाइल तस्वीर ।
डम्मर बुढामगर (इमेज)
बागलुङ, असार ११ । कोरोना संक्रमित एक युवतीले बागलुङस्थित धौलागिरि अस्पतालको ‘आइसोलेसन’ कक्षमा शिशु जन्माउनुभएको छ ।
ढोरपाटन नगरपालिका–८ की १९ वर्षीया युवतीले बिहीबार आइसोलेसनमा छोरा जन्माएको धौलागिरि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शैलेन्द्रबी पोखरेलले जानकारी दिनुभयो ।
अहिले आमा र बच्चाको अवस्था सामान्य रहेको डा. पोखरेलको भनाइ छ ।
ती युवतीलाई कोरोना संक्रमण पुष्टि भएपछि यही असार ७ गते अस्पतालमा ल्याइएको थियो ।
प्रतिक्रिया दिनुहोस्