२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


थप ४३४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ११ हजार नाघ्यो


0
Shares

काठमाडौं, असार ११ । बिहीबार थप ४३४ जनामा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिलेसम्म संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ ।
बिहीबार थप ३१२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल स‌ंख्या २ हजार ६ सय ५० पुगेको छ ।

मन्त्रालयका अनुसार कोरोनाका कारण थप दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्याङ्जाका एक जना पुरुष र चितवनका एक पुरुष रहेका छन् ।

यो संगै कोरोना संक्रमणका कारण २६ जनाको मुत्यु भएको छ ।
नेपालका ७६ जिल्लामा संक्रमण फैलिएको छ ।