६ श्रावण २०८२, मंगलबार | Wed Jul 23 2025


प्यूठानमा आज थप सात जनामा कोरोना संक्रमण


0
Shares

प्यूठान । प्यूठानमा आज थप सात जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

प्रदेश जनस्वास्थय प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा दुई महिला र पाँच पुरुषमा कोरोना भाइरस संक्रमणको पुष्टी भएको स्वास्थ्य कार्यालय प्यूठानका फोकल पर्सन पुस्कल श्रेष्ठले जानकारी दिनुभयो ।

आज बिहान पुष्टी भएका सातै जना ऐरावती गाउँपालिका–२ का हुन् । योसँगै प्यूठानमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ भने २ जना उपचारपछि निको भएका छन् ।