७ श्रावण २०८२, बुधबार | Wed Jul 23 2025


गण्डकी प्रदेशमा आज थप १६ जनामा कोरोना संक्रमण, सबै जिल्ला ‘रेड जोन’मा


0
Shares

पोखरा । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज बिहान बागलुङ, म्याग्दी, पर्वत र तनहुँमा गरि १६ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिए ।

योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५ सय ४ पुगेको छ । प्रदेशका ११ वटै जिल्लामा कोरोनाको संक्रमण देखिएसँगै प्रदेशका सबै जिल्ला रेड जोनमा परेका छन् ।

हिजो साँझ मुस्ताङको छैरो शरणार्थी शिविरमा काठमाडौंबाट पुगेका ८३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । उनी तिब्बती शरणार्थी हुन् ।

हालसम्म प्रदेशमा ४९ जना बिरामी निको भएर घर फर्केका छन् । स्याङ्जाको वालिङका ५८ वर्षे पुरुषको निधन भएको छ ।