
चितवन, साउन १४ । चितवनको नारायणगढ–मुग्लिङ सडकखण्ड अवरुद्ध भएको छ ।
गएराति परेको वर्षासँगै सडकखण्डअन्तर्गत चण्डिभन्ज्याङ–५ मा पहिरो गएपछि आज बिहानैदेखि सडक अवरुद्ध भएको हो ।
पहिरो पन्छाउने काम शुरु भए पनि सडक सञ्चालन गर्न केही समय लाग्ने चितवन प्रहरीले जनाएको छ । पानी परिरहेका कारण पहिरो गइरहेकाले सडक सुचारु गर्न समस्या भएको हो ।
प्रतिक्रिया दिनुहोस्