१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


न्यायाधीश नियुक्ति प्रक्रिया आइतबार टुंगिदै


0
Shares

काठमाडौं, साउन १५ । सर्वोच्च अदालतका प्रस्तावित ११ न्यायाधीशको नियुक्ति प्रक्रिया आइतबार टुंगिने भएको छ ।

व्यवस्थापिका–संसद, संसदीय सुनुवाइ विशेष समितिको आइतबार बिहान हुने बैठकले प्रस्तावित न्यायाधीशको उपयुक्तता वा अनुपयुक्तताबारे निर्णय गर्नेछ ।

गत बुधबार र बिहीबार समितिले प्रस्तावित न्यायाधीशको सुनुवाइ पूरा गरेपनि निर्णय भने गरेको थिएन ।

शुक्रबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा परेकाले समितिको बैठक स्थगन भएको थियो ।

यसैगरी, आइतबारको बैठकमा २२ मुलुकका लागि प्रस्तावित राजदूतकाबारेमा समितिलाई प्राप्त गोप्य उजुरी खोलिने तथा ती उजुरी समितिका सबै सदस्यलाई अध्ययनार्थ वितरण गर्ने कार्यसूची निर्धारण गरिएको संसदीय सुनुवाइ विशेष समितिले जनाएको छ ।

उजुरी अध्ययनपछि उक्त समितिले प्रस्तावित राजदूतहरूको सुनुवाइ थाल्ने बताइएको छ । रासस