
ललितपुर, साउन २५ । २२ औं विश्व आदिवासी दिवसको अवसरमा मंगलबार मातृभाषाको माध्यमबाट शिक्षामा आदिवासी अधिकार स्थापित गराउन ललितपुरस्थित संयुक्त राष्ट्रसंघ कार्यालयमा ध्यानाकर्षणपत्र बुझाइएको छ ।
पत्र बुझाउन मांभाय् शिक्षा चेतना र्याली पुचःको आयोजनामा नेवाः बस्ती नेवाः स्कुलको संयोजनमा र्यालीको निकालिएको थियो ।
र्यालीमा शताब्दी पुरुष सत्यमोहन जोशी, अधिकारकर्मी मल्लके सुन्दर, डा. महेशमान श्रेष्ठलगायत विभिन्न भाषिक अधिकारमा क्रियाशील संघ–संस्था, विद्यार्थी, शिक्षक, अभिभावक तथा नेपालभाषाको माध्यमबाट अध्यापन गराउँदै आएका विद्यालयहरुको सहभागिता रहेको थियो ।
ललितपुरको पाटनढोकाबाट सुरु भएको र्याली मिखाबहाल, पिम्बहाल, गाःबहाल, पुल्चोक हुँदै हरिहर भवनस्थित संयुक्त राष्ट्रसंघ कार्यालयमा पुगी सम्पन्न भएको छ ।
प्रतिक्रिया दिनुहोस्