१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


नेपालको सीमारेखासम्बन्धी महत्वपूर्ण दस्तावेज रहेको पुस्तक ‘जंगे–बुद्धे’ सार्वजनिक


0
Shares

काठमाडौं, साउन २५ । नेपालको सीमारेखासम्बन्धी महत्वपूर्ण दस्तावेज मंगलबार सार्वजनिक भएको छ ।

सीमाविद् बुद्धिनारायण श्रेष्ठले लेखेको पुस्तक ‘जंगे–बुद्धे’को मंगलबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरे, शताब्दीपुरुष सत्यमोहन जोशीलगायतले विमोचन गरे ।

पुस्तकमा सुगौली सन्धिमा गुमेको नेपाली भू–भाग र जंगबहादुर राणाले देशको दक्षिणी भेगमा २ सय ५२ ओटा जंगेस्तम्भ स्थापना गरेपछिमात्रै तत्कालीन इस्ट इन्डिया कम्पनी सरकारसँग सीमा–सम्झौता गरेको उल्लेख छ ।

जंगबहादुरको सोही चातुर्यका कारण सुगौली सन्धिबाट गुमेको बाँके, बर्दिया, कैलाली र कन्चनपुर ब्रिटिस सरकारले नेपाललाई फिर्ता गरेको पनि पुस्तकमा उल्लेख रहेको छ ।

भारतले अहिलेसम्म नेपालका २३ जिल्लाका ७१ स्थानमा सीमा अतिक्रमण गरेको पनि सीमाविद् श्रेष्ठले पुस्तकमा उल्लेख गरेका छन् ।

पुस्तकमा श्रेष्ठको जीवनका विभिन्न पक्षहरु पनि समेटिएको छ ।