Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


पर्यावरण जोगाउन वृक्षारोपण


0
Shares

काठमाडौं, साउन २९ । पछिल्लो समयमा काठमाडौं उपत्यकामा बढ्दै गएको प्रदुषणलाई घटाउन तथा वृक्षारोपणका माध्यमबाट वातावरण जोगाउन सकिन्छ भन्ने जनचेतना फैलाउने उद्देश्यले शनिबार ललितपुरको बडिखेलस्थित लाइन्स उद्यनमा पर्यटन व्यवसायी तथा विदेशी पर्यटकले सामूहिकरुपमा वृक्षारोपण गरेका छन् ।

बस्ती विकासको नाममा केही वर्षयता उपत्यकाको खाली जमिन तथा हरियाली नासिँदै गर्दा यसले भविष्यमा ठूलो खतरा निम्ताउन सक्नेतर्फ सचेत गराउँदै वृक्षारोपण कार्यक्रम गरिएको पर्यटन व्यवसायी राजेन्द्र सापकोटाले जानकारी दिए ।

पर्यटन व्यवसायी तथा लाइन्स क्लब अफ नेपाल गौरीशंकरले संयुक्तरुपमा गरेको कार्यक्रममा जंगली धुपी, अमला, तेजपत्ता, कपुर, टिमुर, निगालोलगायतका करिब एक सय ओटा विरुवा रोपिएका छन् ।

रोपिएका रुख नहुर्केसम्म निरन्तररुपमा त्यसलाई निगरानी गरिने पनि उनीहरुले बताएका छन् । वृक्षारोपण कार्यक्रममा केही विदेशी पर्यटकहरुसमेत सहभागी भएका थिए ।

भिडियो हेर्नुहोस्