१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


सेफ्टी ट्याङ्कीभित्र पसेका दुई कामदारको निसास्सिएर मृत्यु


0
Shares

बर्दिया, साउन ३० । बर्दियाको गुलरिया नगरपालिका वार्ड नम्वर–८ स्थित विष्णु रस्तोगीको घरमा निर्माण भैरहेको शौचालयको सेफ्टी ट्याङ्कीभित्र पसेका दुई कामदारको निसास्सिएर मृत्यु भएको छ ।

निर्माणाधीन अवस्थामा रहेको शौचालयको सेफ्टी ट्याङ्कीको ढलान गरिएको ढक्कन हटाउने क्रममा शनिबार धधवार गाविस वार्ड नं. ८ विजयनगर निवासी गणेश थारु र चुकुन्दर थारुको मृत्यु भएको हो ।

अक्सिजनको कमी भै निसास्सिएर उनीहरुको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।