
पोखरा, साउन ३२ । पोखरा गुरुङहरुले मंगलबार ट्वटें पर्व मनाएका छन् ।
हरेक वर्ष साउन र चैतको अन्तिम मंगलबार गुरुङ समुदायले यो पर्व मनाउने प्रचलन छ ।
यो पर्व मनाउनले रोग–ब्याधी नलाग्ने, प्राकृतिक प्रकोप घट्ने, खेतीबाली राम्रो हुनेजस्ता विश्वास सो समुदायमा रहेको छ ।
गुरुङ जातिको बाहुल्य रहेको पोखरामा मंगलबार गुरुङहरुले बाजागाजा र झाँकीसहितको र्याली निकालेका थिए ।
प्रतिक्रिया दिनुहोस्