२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


बबई नदीको वाढीवाट विस्थापित सुत्केरीहरुको विजोग(भिडियो हेर्नुहोस)


0
Shares

-यादव आचार्य, ईमेज

बर्दिया, भदौ २ । बर्दियामा बबई नदीको वाढीवाट विस्थापित भई दुई वर्षदेखि शिविरमा आश्रय लिँदै आएका सुत्केरी आमाहरु अझै बाढीको त्रासबाट मुक्त हुन सकेका छैनन् ।

बर्दियाका विभिन्न शिविरमा आश्रित सुत्केरी महिला प्रजनन् स्वास्थ्य अधिकारबाट समेत बञ्चित छन् । बबई नदीको वाढीले घरवार विहिन भै शिविरमा आश्रय लिईरहेका सुत्केरी महिलाको अवस्था नाजुक बनेको छ ।

वाढीवाट विस्थापित भै बिगत दुई वर्षदेखि उनिहरु अस्थायी शिविरमै आश्रय लिईरहेका छन् । शिविरको वासले सुत्केरी शरिरको स्याहार सुसार समेत उनिहरुले गर्न पाएका छैनन् ।

पोषिलो खानु पर्छ, न्यानोमा वस्नु पर्छ भन्ने सुझाव यहांको सुत्केरीहरुको लागि एउटा उक्ति मात्र बनेको छ । शिविरमै सुत्केरी हुनुको पिडा त एकातिर छदैछ पोषिलो खानेकुराको अभावमा आफू र वच्चाको शरिर कमजोर वन्दै गैरहेकोमा उनीहरु चिन्तित छन् ।

अझै वर्षा नरोकिएकोले पानी पर्दा शिविर भित्र जमेको पानी फाल्न मै सुत्केरी महिला व्यस्त हुनु परेको छ । चिसोका कारण पनि स्वास्थ्य समस्याबाट दिनहुँ प्रभावित वन्दै गैरहेको उनीहरुको पिडा छ ।

उता, दाताले दिएको त्रिपाल च्यातिएपछि फाटेका धोतीले शिविर वेरेर दिन गुजार्नु उनीहरुको वास्तविक पिडा हो ।

हालसम्म पनि सरकारले पुर्नस्थापन नगर्दा आफूहरुले थप पिडा खेप्नु परेको उनीहरु वताउँछन् । प्रकृतिबाट ठगिएका शिविरका सुत्केरी महिलाहरु राज्यले वेवास्ता गर्दा झनै दुःखी वनेका छन् ।