७ श्रावण २०८२, बुधबार | Thu Jul 24 2025


३३१ जना थपिए, नेपालमा कोरोना संक्रमितको संख्या ८,६०५ पुग्यो


0
Shares

काठमाडौं, असार ६ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या आठ हजार ६०५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३३१ जना नयाँ संक्रमित थपिएको बताए ।

योसँगै नेपालमा संक्रमितको संख्या आठ हजार ६०५ पुगेको उनले जानकारी दिए ।

पछिल्लो २४ घन्टामा नेपालमा कोरोनाका कारण कसैकोपनि मृत्यु नभएको उनले बताए । हालसम्म मृत्यु हुनेको संख्या २२ रहेको छ ।

पछिल्लो २४ घन्टामा कोरोनामुक्त भइ अस्पतालबाट १७६ जना ‘डिस्चार्ज’ भएका छन् । जसमा महिला १८ जना र पुरुष १५८ जना छन् ।

योसँगै नेपालमा कोरोना निको हुनेको संख्या १,५७८ पुगेको छ । जसमा महिला १४१ जना र पुरुष १,४३७ जना रहेका उनले जानकारी दिए ।

भिडियो हेर्नोस्

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.03.06

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal2077.03.06#COVID-19

Posted by Ministry of Health and Population-Nepal on Saturday, June 20, 2020