
आफूविरुद्ध परेको मुद्दाको तारेख बुझ्न पेसी कक्षतर्फ जाँदै गरेका कार्कीलाई दुई युवाले पछाडिबाट कालोमोसो दलेका थिए ।
त्यसक्रममा ती युवाले कार्कीलाई मुक्का प्रहारसमेत गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । मोसो दल्नेहरु नेत्रविक्रम चन्द नेतृत्वको माओवादी विद्यार्थी संगठनका केन्द्रीय सदस्य प्रकाश शाही र चन्द्रबहादुर बुढा भएको जनाइएको छ ।
मोसो दल्ने व्यक्तिले ‘नेकपा माओवादी जिन्दावाद’ भन्दै भाग्न खोजेका थिए । नारा लगाउँदै बाहिरिन खोजेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्वोच्च अदालतमा विहीबार (आज)देखि कार्कीको योग्यतासम्बन्धी मुद्दामा बहस सुरु भएको छ ।
यसैबीच, अख्तियारका निलम्बित प्रमुख कार्कीले विहीबारै साँझ प्रेस विज्ञप्ति जारी गर्दै ‘भ्रष्टाचारविरुद्धको कारबाहीलाई सशक्त बनाउन खोज्दा खास दलका नेताहरुले आफूविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको’ दाबी गरेका छन् ।
भ्रष्टाचारविरुद्धको कारबाहीका क्रममा कसैसँग सम्झौता नगरेको जिकिर पनि कार्कीले गरेका छन् ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्