
डा. रामकण्ठ माकाजुको मंसिर २६ मा पदावधि सकिनुअघि नै उपकुलपति छनोट गरिसक्नुपर्ने भए पनि शिक्षामन्त्री धनीराम पौडेल र बोर्ड अफ ट्रस्टिजका अन्य दुई सदस्य सुरेशराज शर्मा र दमननाथ ढुंगानाबीचको विवादका कारण छनोट प्रक्रिया लम्बिन गएको छ । जसका कारण विश्वविद्यालयनै उपकुलपतिविहीन भएको हो ।
विश्वविद्यालय सभाले मंसिर १३ मा शिक्षामन्त्री पौडेलको संयोजकत्वमा बोर्ड अफ ट्रस्टिजका सदस्यहरु शर्मा र ढुंगाना सदस्य रहने गरी उपकुलपति छनोट समिति बनाएको हो ।
शर्मा र ढुंगाना आफ्नै समूहका माकाजुलाई पुनः उपकुलपति बनाउन चाहन्छन् भने पौडेल जर्नादन लामिछानेसहित तीन जनाको नाम सिफारिस गर्नुपर्ने पक्षमा छन् । जसले गर्दा उपकुलपतिका उम्मेदवार छनोट गर्न नसकिएको बताइएको छ ।
विश्वविद्यालय नेतृत्वविहीन भएपछि महत्वपूर्ण कामकारबाही प्रभावित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्