Logo ३ आश्विन २०८२, शुक्रबार | Sat Sep 20 2025


इलाम अस्पतालमा डायलसिसका बिरामीहरुको उपचार हुने


0
Shares

इलाम । इलाम अस्पतालमा डायलसिसका बिरामीहरुको उपचार हुने भएको छ ।

डायलसिसको सुविधा नहुँदा यसअघि डायलसिस गर्न झापा, विराटनगर, इटहरीसम्म पुग्नु पर्ने बाध्यता थियो ।

रोटरी क्लब अफ धरानले इलाम अस्पताललाई डायलसिस मेसिन दिने भएपछि यहाँका बिरामीले सुविधा पाउने भएका हुन् ।

इलाम नगरपालिकाका मेयर महेश बस्नेतले रोटरी क्लब अफ धरानले इलाम अस्पतालमा ३ थान डायलसिस मेसिन दिने सम्झौता भएको बताए ।

इलाम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रभु शाहले जिल्लामा डायलसिसका बिरामीको चाप बढ्दै गएकाले उपलब्ध मेसिनबाट बिरामीलाई सुविधा पुग्ने बताए ।