
सातदोबाटोमा जारी प्रतियोगिताअन्तर्गत् बिहीबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा भारतलाई २–० को सोझो सेटमा हराउँदै नेपालका आरभ हाडा फाइनलमा पुगेका हुन् ।
पहिलो सेट ६–२ ले आफ्नो पक्षमा पारेका आरभले दोस्रो सेट पनि ६–३ ले सहजै जित्न सफल भए ।
प्रतियोगिताअन्तर्गत् पुरुष युगलतर्फ तर्फ पनि नेपाल फाइनलमा पुगेको छ ।
नेपालका आर्यन गिरी र आरभ हाडाको जोडीले भारतीय प्रतिद्वन्द्वीलाई ७–५ र ६–४ को सोझो सेटमा पराजित गर्दै फइनलमा स्थान बनाएका हुन् ।
प्रतिक्रिया दिनुहोस्