
भीमेश्वर नगरपालिका–१ बोसिम्पा निवासी बिच्छीकुमार थामीकी ८५ वर्षीया आमा पञ्चमाया थामीलाई थाङ्नेखोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी रामेश्वर कार्कीले जानकारी दिए ।
खोलाले बगाएर करिब ३० मिटर तल पुर्याएको अवस्थामा थामीको शव भेटिएको प्रहरीले जनाएको छ । थामीको शवलाई पोस्टमार्टमका लागि चरिकोट ल्याइएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्