सञ्जय आचार्य (इमेज)
बर्दिया, माघ ४ । बर्दियामा लागुऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
शुक्रबार राजापुर नगरपालिका–४, बगर साइडबाट १० ग्राम ब्राउनसुगर (खैरो हेरोइन)सहित भारतीय नागरिक पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा भारत, लखिमपुर जिल्ला खिरी, इन्द्रनगरका २७ वर्षीय हरजित सिंह छन् ।
राजापुर क्षेत्रमा लागुऔषधको कारोबार हुने गरेको सूचनाका आधारमा पुगेको प्रहरीले ब्राउनसुगरसहित सिंहलाई पक्रेको बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले बताए ।
जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको विशेष टोली र इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको टोलीले सिंहलाई समातेको हो ।
पक्राउ परेका सिंहलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय राजापुरमा राखिएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्