
सोमबार दिउँसो काठमाडौंको शान्तिनगर, खरिबोटस्थित घरबाट निस्केर अलि पर पुगेका गौचनमाथि दुईजना व्यक्तिले गोली हानी हत्या गरेका हुन् ।
गौचन चढेको गाडीको अगाडिबाट गोली हानिएको थियो । गौचनमाथि तीनओटा गोली हानिएको थियो ।
एउटा गोली मुटुमा, एउटा कलेजोमा र एउटा गोली पेटमा लागेका गौचनलाई तत्काल नयाँनेश्वरस्थित सिभिल अस्पताल लगिएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
निर्माण व्यवसायीहरुले भने हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने अडान लिएका छन् । उनीहरुले हत्याको विरोधमा नयाँबानेश्वरमा चक्काजाम गर्दै प्रदर्शनसमेत गरेका थिए ।
गौचनको हत्यापछि उपत्यकामा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ भने चारैतर्फका नाकाहरु ‘सिल’ गरेर चेकजाँच बढाइएको छ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्