काठमाडौं । विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षक महासंघले आज (आइतबार) नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय, आलोकनगरमा धर्ना दिएको छ। सत्तारूढ दल र प्रमुख विपक्षी दलहरूसँगको संवाद र सहमतिहरू कार्यान्वयन नभएको भन्दै महासंघ आन्दोलनमा उत्रिएको हो। पहिलो चरणको आन्दोलन कार्यक्रम अन्तर्गत आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म २ घण्टा पार्टी कार्यालयमा धर्ना बसेर महासंघले…