रामेछाप । रामेछापमा यात्रुवाहक बस दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवारले क्षतिपूर्ति माग गर्दै बुधबार दिनभर सडक बन्द गरेका छन्। साँझ जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै नाराबाजी भएपछि स्थिति तनावपूर्ण बनेको छ। स्थिति नियन्त्रणका लागि प्रहरीले तीन राउन्ड हवाइ फायर र केही सेल अश्रुग्यास प्रहार गरेको जनाएको छ। प्रशासन कार्यालयभित्र सर्वदलीय बैठक जारी रहे पनि पीडित पक्षको…