Logo ३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026


प्रकाश पाठकलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति


780
Shares


काठमाडौँ ।
अख्तियार प्रमुख प्रेम कुमार राईसहितका हाइप्रोफाइललाई ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका प्रकाश पाठकमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले तीन दिनको म्याद दिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० जना भिआइपीलाई इमेलमार्फत् धम्की दिएको आरोपमा पाठक पक्राउ परेका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रमेश थापाका अनुसार अदालतले अनुसन्धानका लागि तीन दिनको म्याद अनुमति दिएको हो।

फिलिपिन्समा बसेर धम्कीपूर्ण इमेल पठाएको आरोप लागेका पाठकलाई बुधबार बिहान प्रहरी टोलीले नेपाल ल्याएको थियो। उनले मंसिरको दोस्रो साता पदबाट राजीनामा नदिए हत्या गर्ने चेतावनीसहित अख्तियारको आधिकारिक इमेलमा सन्देश पठाएको जनाइएको छ।

इन्टरपोलमार्फत् डिफ्युजन नोटिस जारी भएपछि फिलिपिन्सको ब्यूरो अफ इमिग्रेसन अन्तर्गत फरार अभियुक्त खोजी युनिटले उनलाई डिसेम्बर ३१ मा मालोलोस सहरबाट पक्राउ गरेको थियो। नेपालमा पाठकविरुद्ध चारवटा मुद्दा विचाराधीन रहेका छन्।