Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


सिमलताल बस दुर्घटना : डेढ वर्षपछि किनारमा बसको अवशेष फेला

चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई यात्रुबाहक बसमध्ये एउटाको अवशेष १८ महिनापछि फेला परेको छ । नदीमा खसेको लामो समयपछि बसको अगाडिको भाग, चक्काको डिस्क तथा केही टिनका भागहरू त्रिशूली नदी किनारमा बालुवामा गाडिएको अवस्थामा भेटिएको हो । स्थानीय बासिन्दाले माछा मार्ने क्रममा अवशेष देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।…