Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


सर्लाहीमा श्रीमान–श्रीमती मृत फेला


416
Shares

प्रकाश मैनाली, सर्लाही ।

सर्लाहीको बलरा नगरपालिका–१० सुदामामा श्रीमान–श्रीमती मृत फेला परेका छन्।

जिल्लाको सोही स्थान बस्ने करिब ६० वर्षीय भनु महतो र उनकी श्रीमती करिब ५६ वर्षीया निर्मला देवी महतो आफ्नै गोठमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।

जिल्ला प्रहरीका अनुसार उनीहरू दुवैले घरदेखि करिब ५०० मिटर उत्तर–पश्चिममा रहेको गोठघरको बाँसको बलोमा प्लास्टिकको डोरीको पासो लगाई आत्महत्या गरेको अवस्थामा स्थानीयले आइतबार बिहान करिब ८ बजे देखेका थिए।

घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गडहियाबाट प्रहरी निरीक्षक कैलाश चौधरीको कमाण्डमा ५ जनाको टोली र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट सोको सहितको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

प्रहरीले घटनास्थल इलाका प्रहरी कार्यालय गडहियाबाट करिब ३ किलोमिटर पश्चिमतर्फ पर्ने जनाएको छ। घटनाबारे आवश्यक मुचुल्का तथा अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरीले जनाएको छ। मृत्युको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।