काठमाडाैं । काठमाडौंबाट ओखलढुंगा जाँदै गरेकाे यात्रुवाहक बस तामाकोशी नदीमा खस्दा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । ओखलढुंगा जाँदै गरेको प्रदेश ३ ०१-००५ख ९९७५ नम्बरको यात्रुवाहक बस रामेछापको मन्थली नगरपालिका–६ त्रिवेणी घाटस्थित तामाकोशी नदीमा खसेर दुर्घटना हुँदा घटनास्थलमै ६ जनाले ज्यान गुमाएका थिए । रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार दुर्घटनपछि हालसम्म १२…