काठमाडौं ।
चितवन राष्ट्रिय निकुञ्जभित्रको जंगल सफारी सेवा आजदेखि बन्द भएको छ ।
निकुञ्जले वर्षाको समयमा भलबाढी आउने, रुख ढलेर बाटो अवरुद्ध हुनेजस्ता कारणले पर्यटकलाई असहज हुने जनाउँदै सफारी बन्द गरेको हो ।
निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार अर्को सूचना नगरिएसम्मका लागि सफारी सेवा बन्द गरिएको हो । निकुञ्जले हरेक वर्ष वर्षाको समयमा सफारी बन्द गर्दै आएको छ ।
वर्षातको अवस्था हेरेर दसैँको आसपासबाट निकुञ्जभित्रको सफारी खोल्ने विगतको परम्परा छ ।









प्रतिक्रिया दिनुहोस्