Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


ललितपुर र चोभारबाट ९ चिनियाँ नागरिकसहित १८ राहदानी अध्यागमनको नियन्त्रणमा


780
Shares

काठमाडौं ।

अध्यागमन विभागले ललितपुरको धोवीघाट र काठमाडौंको चोभार क्षेत्रमा गरेको संयुक्त निगरानीका क्रममा ९ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ।

विभागका अनुसार धोवीघाटबाट ३ जना र चोभारबाट ६ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको हो। उनीहरूको साथबाट १८ वटा राहदानीसमेत बरामद गरिएको छ। अध्यागमन विभागले उनीहरू नेपालमा बसोबास र गतिविधि वैधानिक भए/नभएको, भिसाको अवस्था तथा राहदानीसँग सम्बन्धित विषयमा अनुसन्धान अघि बढाएको जनाएको छ।

आवश्यक अनुसन्धानपछि प्रचलित अध्यागमन कानुनअनुसार थप कारबाही प्रक्रिया अघि बढाइने विभागले जनाएको छ।