काठमाडौं । आज इन्द्रजात्रा पर्व । उपत्यकामा ऐतिहासिक इन्द्रजात्रा पर्व आज मनाइँदै छ । विशेषगरी उपत्यकाका नेवार समुदायले वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी यो पर्व मनाउने गर्दछन् । यस क्रममा कुमारी, गणेश र भैरवको रथ पनि तान्ने गरिन्छ । रथ तान्नुअघि बसन्तपुरमा आयोजित विशेष कार्यक्रममा राष्ट्रप्रमुखबाट जिवित देवी कुमारी, गणेश र भैरवको दर्शन…