काठमाडौं । छठ पर्वको आज मुख्य दिन । आज बिहीबार षष्ठी तिथिको दिन व्रतालुले नदि, पोखरी आदि जलाशयका किनारमा अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएर रातभर जाग्राम बस्दछन् । भोलिपल्ट बिहान उदाउँदै गरेको सूर्यको पूजा गरि अर्घ्य दिएपछि यो पर्व सम्पन्न हुन्छ । छठ पर्व कात्तिक शुक्ल चतुर्थी तिथि (गत मंगलबार) देखि शुरु भएको हो ।…