वासिंटन, भदौ १९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाको विद्रोही नियन्त्रित प्रान्त इद्लिवमा अन्धाधुन्ध आक्रमण नगर्न सिरियाली सरकारका साथै उसका सहयोगी रुस र इरानलाई चेतावनी दिएका छन् । ट्वीटरमा चेतावनी दिँदै उनले आक्रमणबाट हजारौं सर्वसाधारण मारिने भन्दै त्यो मानवीयताका हिसाबले गम्भीर भूल हुने उल्लेख गरेका छन् । सिरियामा विद्रोहीको नियन्त्रणमा बाँकी रहेको एउटामात्र प्रान्त इद्लिवमा…