काठमाडौं । भेनेजुएलाका विपक्षी नेता गुवान गुइडोले राष्ट्रपति निकोलस मडुरोलाई अपदस्थ गर्नेबारे सेनासंग गोप्य बैठक गरेका छन् । अमेरिकाको न्यूयोर्क टाइम्स्को विचार पृष्ठमा गुइडोले यस सम्बन्धमा खुलासा गरेका हुन् । लेखमा मानवता विरुद्धको अपराधमा दोषी नपाइएका सुरक्षाकर्मीलाई आममाफी दिने प्रस्ताव गरेको पनि उल्लेख गरिएको छ । तर सेनाको धारणाबारे भने केही उल्लेख गरिएको छैन ।…