Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


दक्षिणी सुडानमा भएको विमान दुर्घटनामा १९ जनाको मृत्यु

काठमाडौं । दक्षिणी सुडानमा भएको विमान दुर्घटनामा १९ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेका दुई बालबालिकासहित चार जना भने बाँच्न सफल भएका छन् । २३ जना यात्रु लिएर राजधानी जुवाबाट इरोल जाँदै गरेको विमान दुर्घटनामा परेको हो । खराव मौसमका कारण विमान दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ ।(एजेन्सी)