नयाँदिल्ली, फागुन ३ । भारत प्रशासित कश्मिरमा बिहीबार भएको भीषण आक्रमणमा संलग्न आतंककारीलाई इस्लामावादले आश्रय दिएको दाबीपछि शुक्रबार भारत र पाकिस्तानबीचको सम्बन्धले नयाँ मोड लिएको छ । भारत प्रशासित कश्मिरमा भारतीय सुरक्षा अधिकारीहरु लक्षित भीषण आक्रमण तीन दशकयताकै ठूलो रक्तपातपूर्ण भएको बताइएको छ । छुट्टी मनाएर काममा फर्कंदै गरेका करिब दुई हजार ५०० सुरक्षाकर्मी लिएर…