क्यालिफोर्निया, असार २० । अमेरिकाको क्यालिफोर्नियामा दुई दशकयताकै शक्तिशाली भूकम्प गएको छ । क्यालिफोर्नियाको दक्षिण क्षेत्रमा पर्ने लस एन्जल्सबाट उत्तरतर्फ २४० किलोमिटर टाढाको रिड्गेक्रेस्ट शहरलाई केन्द्रविन्दू बनाएर ६.४ म्याग्नेच्यूडको भूकम्प गएको अमेरिकी जिओलोजिकल सर्वेले जनाएको छ । शक्तिशाली भूकम्प जाँदा केही भवनमा क्षति पुगेको र केही ठाउँमा आगलागी भएको छ । यो भूकम्पलाई क्यालिफिोर्नियाको पछिल्लो…