बग्दाद, चैत २४ । इराकको पूर्वी क्षेत्रमा रहेको नदीमा पानीको बहाव बढेपछि त्यस आसपासका बासिन्दालाई अन्यत्र सारिएको छ । दियाला नदीमा बाढी आएपछि दुई गाउँका दुई सय घर परिवारलाई शनिबार अन्यत्र सारिएको अधिकारीहरुले जनाएका छन् । दियाला प्रदेशको राजधानी बकुवादेखि उत्तरतर्फ पर्ने खार्नाबाट र हुवेडेर गाउँका बासिन्दालाई सारिएको बाकुवाका नगर प्रमुख अब्दुल्लाह अल हैयाल्यले जानकारी…