वासिंटन, साउन ८ । पाकिस्तानलाई विश्वकप क्रिकेट उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका इमरान खान अहिले देशलाई राजनीतिक नेतृत्व प्रदान गरिरहेका छन् । पाकिस्तानको प्रधानमन्त्रीका रुपमा उनले हालै पहिलो पटक अमेरिकाको भ्रमण गरे । भ्रमणमा उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग द्विपक्षीय भेटवार्ता गरे । छलफलमा दुई मुलुकबीच देखिएको अविश्वासलाई हटाउन र आगामी दिनमा आपसमा विभिन्न…