काठमाडौं । अमेरिकाको सर्वोच्च अदालतले मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल बनाउनका लागि साढे २ अर्ब अमेरिकी डलर प्रयोग गर्न पाउने फैसला गरेको छ । योसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ठूलो राहत भएको छ । मेक्सिकोसँगको सीमाका केही क्षेत्रमा पर्खाल बनाउनका लागि रक्षा मन्त्रालय पेन्टागनबाट सो रकम प्रयोग गर्ने राष्ट्रपति ट्रम्पले तयारी गरिरहेका बेला परेको उजुरीमा सर्वोच्च अदालतले…