मोसुल, चैत ८ । इराकको मोसुल शहरस्थित टाइग्रिस नदीमा डुंगा डुब्दा करिब एक सय जनाको मृत्यु भएको छ । मोसुल शहरबाट झन्डै चार किलोमिटर टाढा रहेको एक पर्यटकीय टापुमा नयाँ वर्ष मनाउन जानेहरु चढेको डुंगा डुबेको हो । मृतकमध्ये अधिकांश महिला र बालबालिका छन् । इराकी अधिकारीहरुले १९ बालबालिका र ६१ महिलाको शव फेला परिसकेको…