मुजफरावाद (पाकिस्तान), साउन २९ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बुधबार पाकिस्तानी कश्मिरको भ्रमण गरेका छन् । प्रधानमन्त्री खानले काश्मिर भ्रमणपश्चात् नयाँ नीति घोषणा गर्ने सम्भावना रहेको छ । भारत सरकारले भारत प्रशासित जम्मु कश्मिरको विशेष मान्यता खारेज गरेसँगै आणविक शक्तिसम्पन्न दुवै मुलुकबीच तनावको स्थिति छ । पाकिस्तानले भारतको यस कदमकाविरुद्ध अन्तर्राष्ट्रिय कूटनीतिक दबाब बढाउने निर्णय…